News

सुन्दर हरैचा एक्स्पो आयोजना हुने

कृषि, पर्यटन, उद्योग र व्यापार ः आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरदुलारी उद्योग वाणिज्य संघ सुन्दरहरैँचाले मिति २०७५ फाल्गुण ४ गते देखि १२ गते सम्म औद्योगिक उत्पादन र प्रविधि प्रवद्र्धन, कृषि क्षेत्रमा गुणस्तरीय र व्यवसायिक उत्पादन, पशुजपंक्षीजन्य उत्पादनमा वृद्धि, पर्यटन क्षेत्रको विकास, कृषिमा यान्त्रिकीकरण, उत्पादक र उपभोतmा बीचको सम्बन्ध विस्तार, सम्भावित बजारको पहिचान, प्रविधि पहिचान, उत्पादकहरु बीच स्वस्थ प्रतिष्पर्धाको प्रमुख उद्धेश्यका साथ सुन्दर नगरी सुन्दरहरैँचामा साझेदारीको अवधारणा अनुरुप तेस्रो सुन्दरहरैँचा एक्स्पो, २०७५ आयोजना गर्न लागिएको छ । उतm एक्स्पोलाई अझ प्रभावकारी बनाउन ख्याति प्राप्त ईभेन्ट म्यानेज्मेन्ट कम्पनी ईभेन्ट संसार डट कम लाई व्यवस्थापकिय जिम्मा दिईएको छ। 


सुन्दरहरैँचामा यस अधि पनि २ वटा एक्स्पोआयोजना भै सकेको र हाल यो तेस्रो पटक आयोजना गर्न लागिएको हो । यस भन्दा र्अिघ भएको एक्स्पोको कमि कमजोरीलाई समेत ध्यान दिई यस एक्स्पोलाई थप व्यवस्थित बनाईनेछ । एक्स्पोको भित्री सुरक्षाको लागि सिसि क्यामेरा, नीजि सेक्यूरेटि गार्ड, स्वयम सेवयको व्यवस्था गरिएको छ भने एक्स्पोको बाहिर जनपथ प्रहरी, सशस्त्र प्रहरीहरुले सुरक्षा रहने छ । एक्स्पोमा औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि उत्पादन तथा बस्तुहरु, सूचना प्रविधि, बैकल्पिक उर्जा, घरायसी सामाग्री, विधुतीय सामाग्री, अटोबोमाईल्स, बैंक तथा वित्तिय संस्था, शिक्षालाई प्रविधिमैत्री बनाउनका लागि अटो मोबाइल्सका २०, लुब्रीकेन्स र पार्टस १०, कृषि २०, होटल १५, बैंक तथा बितिय संस्था २० स्टल र अन्य गरी जम्मा १८५ वटा भन्दा माथि स्टलहरु रहने छ भने ति सबै स्टलहरुको ईन्सुरेन्सको व्यवस्था पनि गरिएको छ । एक्स्पोमा हेल्प डेक्स, प्राथमिक उपचारका लागि विशेष व्यवस्था गरिएको छ । एक्स्पोमा प्रवेशका द्धार सहित जम्मा पाच वटा गेटहरु  छन्, ३ वटा आपतकालिन गेट छन। एक्स्पोको कुल लागत करिब ७५ लाख रहने छ भने एक्स्पोमा करिब १० देखि १५ करोडको कारोबार हुने अनुमान गरीएको छ । एक्स्पोमा करिब ३ लाख दर्शकले अनुगमन गर्ने अपेक्षा राखिएको छ । 

एक्स्पोमा प्रमोद खरेल, मन्त्र ब्याण्ड दार्जिलिङ, आस्था राउत, धुर्मुस सुन्तलि, राजन राज सिवाकोटी, मेलिना राई जस्ता राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिने छन्।एक्स्पोमा नेपालकै सबैभन्दा होची महिला मालती ऋषिदेवलाई पनि राखिने छ भने बालबालिकाहरुका लागि विभिन्न खेल सामाग्रीहरु रहने छन् भने उट, हात्ती, घोडा, अस्ट्रिज, ईमो, भेडा, टर्कीज अवलोकन गर्ने समेत व्यवस्था गरिएको छ । एक्स्पोमा ताप्लेजुङको पाथिभरा मन्दिर र पूर्वको विभिन्न ठाउँ अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको छ ।एक्स्पोमा प्रवेशका लागि रु५० र विद्यालयहरुबाट एकमुष्ट ५० भन्दा बढि टिकट बुकिङ भएमा ५० प्रतिशत छुटको व्यवस्था गरीएको छ ।