Thumb

मेक इन नेपाल एक्स्पो २०२५ र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो २०८१ हुदै ।

नेपाल पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा संचालन हुन गईरहेको "मेक इन नेपाल एक्स्पो २०२५" तथा "नेपाल पश्मिना ईन्टरनेशनल एक्स्पो २०८१" यही माघ १० गते देखी १२ गते सम्म प्रदर्शनी कक्ष भृकुटीमण्डपमा आयोजना हुने भएको छ । यस विशेष प्रदर्शनीमा नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै "हाम्रै सामान, हाम्रै स्वाभिमान" अभियानलाई अघि बढाउने उद्देश्य राखिएको छ। मेक इन नेपाल एक्सपोले नेपाली उत्पादनहरूको प्रवर्द्धन गर्दै उद्योग, व्यवसाय र स्थानीय उद्यमशीलतालाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

Read More